बचत खाता सेवाहरू

प्रगती नियमित बचत खाता
७.५%सदस्य भएको मितिदेखि मासिक रूपमा वा अग्रिम रूपमा संस्थाले तोकेको रकम बचत गर्न सकिनेछ । संस्थाका सदस्यहरूको वित्तीय अवस्था भविष्यमा सुदृढ होस् भन्ने उद्देश्यले यो वचत खाता संचालन गरिएको छ।
विशेषताहरू
- सदस्यहरुले मासिक रुपमा न्यूनतम रु. १००/- देखि माथि बचत गर्न सकिनेछ
- वचत रकम शेयर धनिको स्व इचछाले जुनसुकै महिनामा थप गर्न सकिनेछ
- नियमित वचत हरेक महिनाको सोहि महिनामा जम्मा गर्नु पर्नेछ । साथै अग्रिम रुपमा पनि जम्मा गर्न सकिनेछ
- वचतमा मौज्दातमा पौष मसान्त र असार मसान्तमा १० प्रतिशतका दरले ब्याज प्रदान गरिनेछ
- वार्षिक साधारण सभामा उत्कृष्ट बचतकर्तालाई संस्थाको वार्षिक साधारण सभामा सम्मान गरिनेछ
- जम्मा भएको वचत रकमको ७०-८०% सम्म ऋण लिन सकिनेछ
- संस्थामा सदस्य रहुन्जेल बचत गर्नुपर्नेछ
- अन्य सुविधा बचत नीति अनुसार हुनेछ
- थप जानकारीको लागि संस्थामा सम्पर्क गर्नु होला

दैनिकी बचत खाता
३%सदस्यहरूले दैनिक रुपमा आफ्नो क्षमता अनुसारको रकम जम्मा गर्न सकून् भन्ने उद्देश्यले दैनिक बचत खाता संचालन गरिएको छ बचतमा उचित ब्याज दिनुका साथै बचत रकम जमानी राखी नियमानुसार सम्मको रकम ऋण पनि लिन सकिनेछ ।
विशेषताहरू
- खाता खोल्न पैसा नलाग्ने
- दैनिक वचतमा रु. ५०।- देखि माथि रकम जम्मा गर्न सकिनेछ
- वचतमा दैनिक मौज्दातमा ७.५% व्याज दिइनेछ
- दैनिक बचत खाता धितो राखी ऋण लिन सकिने
- दैनिक वचतबाट लिएको ऋण चुक्ता भएपछि मात्र वचत रकम निकाल्न पाइनेछ
- ऋणको भाखा १२ महिनासम्म हुनेछ
- थप जानकारीको लागि संस्थामा सम्पर्क गर्नु होला
- बचत फिर्ताको लागि भुक्तानी पूर्जा (चेक) को व्यवस्था गरीने

बाल बचत खाता
८%सदस्यले आफ्नो छोरा छोरीको नाममा संस्थामा बाल बचत खाता खोल्न सकिनेछ । बाल बचत खाता शेयर धनी सदस्यको मातहतमा रहनेछ । सदस्यहरुले बाल बचत रकम जमानी राखी नियमानुसार मूल्याङ्कीत रकम सम्मको ऋण पनि लिन सकिनेछ ।
विशेषताहरू
- बाल बचत खाता निःशुल्क खोल्न सकिनेछ
- कम्तिमा रु ५०।- देखि माथिको रकम जम्मा गर्न सकिनेछ
- नाबालक वचतकर्ताहरुको हकमा संरक्षक राख्नु पर्नेछ
- खातामा जम्मा भएको रकम बालिग नभए सम्म झिक्न पाइने छैन
- जम्मा भएको वचत रकमको ७०-८०% सम्म ऋण लिन सकिनेछ
- बचत आन्तरिक कार्यविधि सम्बन्धी अन्य नियमहरु संस्थाको बचत आन्तरिक कार्यविधि अनुसार हुनेछ

आवधिक बचत खाता
३ वर्षे: ९%
२ वर्षे: ८%
१ वर्षे: ७%
विशेषताहरू
- खाता खोल्न पैसा नलाग्ने
- न्यूनतम रु. ५०००/- देखि माथि रकम जम्मा गर्न सकिनेछ
- व्याज ३/३ महिनामा प्रदान गरीने
- मुद्धति खाता धितो राखी ८०-९०% सम्म ऋण सुविधा
- निश्चित अवधिको लागि जम्मा गर्न सकिने
- व्याज सुविधाको उपभोग गर्न सकिनेछ