हाम्रो सेवाहरू

बचत खाता सेवाहरू

Regular Savings Account

प्रगती नियमित बचत खाता

७.५%

सदस्य भएको मितिदेखि मासिक रूपमा वा अग्रिम रूपमा संस्थाले तोकेको रकम बचत गर्न सकिनेछ । संस्थाका सदस्यहरूको वित्तीय अवस्था भविष्यमा सुदृढ होस् भन्ने उद्देश्यले यो वचत खाता संचालन गरिएको छ।

विशेषताहरू

  • सदस्यहरुले मासिक रुपमा न्यूनतम रु. १००/- देखि माथि बचत गर्न सकिनेछ
  • वचत रकम शेयर धनिको स्व इचछाले जुनसुकै महिनामा थप गर्न सकिनेछ
  • नियमित वचत हरेक महिनाको सोहि महिनामा जम्मा गर्नु पर्नेछ । साथै अग्रिम रुपमा पनि जम्मा गर्न सकिनेछ
  • वचतमा मौज्दातमा पौष मसान्त र असार मसान्तमा १० प्रतिशतका दरले ब्याज प्रदान गरिनेछ
  • वार्षिक साधारण सभामा उत्कृष्ट बचतकर्तालाई संस्थाको वार्षिक साधारण सभामा सम्मान गरिनेछ
  • जम्मा भएको वचत रकमको ७०-८०% सम्म ऋण लिन सकिनेछ
  • संस्थामा सदस्य रहुन्जेल बचत गर्नुपर्नेछ
  • अन्य सुविधा बचत नीति अनुसार हुनेछ
  • थप जानकारीको लागि संस्थामा सम्पर्क गर्नु होला
Daily Savings Account

दैनिकी बचत खाता

३%

सदस्यहरूले दैनिक रुपमा आफ्नो क्षमता अनुसारको रकम जम्मा गर्न सकून् भन्ने उद्देश्यले दैनिक बचत खाता संचालन गरिएको छ बचतमा उचित ब्याज दिनुका साथै बचत रकम जमानी राखी नियमानुसार सम्मको रकम ऋण पनि लिन सकिनेछ ।

विशेषताहरू

  • खाता खोल्न पैसा नलाग्ने
  • दैनिक वचतमा रु. ५०।- देखि माथि रकम जम्मा गर्न सकिनेछ
  • वचतमा दैनिक मौज्दातमा ७.५% व्याज दिइनेछ
  • दैनिक बचत खाता धितो राखी ऋण लिन सकिने
  • दैनिक वचतबाट लिएको ऋण चुक्ता भएपछि मात्र वचत रकम निकाल्न पाइनेछ
  • ऋणको भाखा १२ महिनासम्म हुनेछ
  • थप जानकारीको लागि संस्थामा सम्पर्क गर्नु होला
  • बचत फिर्ताको लागि भुक्तानी पूर्जा (चेक) को व्यवस्था गरीने
Children's Savings Account

बाल बचत खाता

८%

सदस्यले आफ्नो छोरा छोरीको नाममा संस्थामा बाल बचत खाता खोल्न सकिनेछ । बाल बचत खाता शेयर धनी सदस्यको मातहतमा रहनेछ । सदस्यहरुले बाल बचत रकम जमानी राखी नियमानुसार मूल्याङ्कीत रकम सम्मको ऋण पनि लिन सकिनेछ ।

विशेषताहरू

  • बाल बचत खाता निःशुल्क खोल्न सकिनेछ
  • कम्तिमा रु ५०।- देखि माथिको रकम जम्मा गर्न सकिनेछ
  • नाबालक वचतकर्ताहरुको हकमा संरक्षक राख्नु पर्नेछ
  • खातामा जम्मा भएको रकम बालिग नभए सम्म झिक्न पाइने छैन
  • जम्मा भएको वचत रकमको ७०-८०% सम्म ऋण लिन सकिनेछ
  • बचत आन्तरिक कार्यविधि सम्बन्धी अन्य नियमहरु संस्थाको बचत आन्तरिक कार्यविधि अनुसार हुनेछ
Fixed Deposit Account

आवधिक बचत खाता

३ वर्षे: ९% २ वर्षे: ८% १ वर्षे: ७%

विशेषताहरू

  • खाता खोल्न पैसा नलाग्ने
  • न्यूनतम रु. ५०००/- देखि माथि रकम जम्मा गर्न सकिनेछ
  • व्याज ३/३ महिनामा प्रदान गरीने
  • मुद्धति खाता धितो राखी ८०-९०% सम्म ऋण सुविधा
  • निश्चित अवधिको लागि जम्मा गर्न सकिने
  • व्याज सुविधाको उपभोग गर्न सकिनेछ

ऋण सेवाहरू

Agriculture and Livestock Loan

कृषी तथा पशुपालन ऋण

"पुख्यौली पेशा हो कृषि त्यसलाई अपनाउनुछ, उन्नत व्यवसाय कृषि तथा पशुपंक्षी पालन गर्नुछ"

उद्देश्य

सदस्यहरूमा पशुपंक्षी पालन र कृषि, तरकारी खेती कृषि सामग्री उत्पादन तथा प्रसोधन, कृषिमा आधारित आदिको व्यवसाय विकास गर्नु ।

विशेषताहरू

  • ऋणको सिमा: ५०,००,००० सम्म
  • ऋणको अवधि: अधिकतम १० वर्ष
  • किस्ता: ३ महिने, ६ महिने र १ वर्षे
Business and Commercial Loan

व्यापारीक तथा व्यवसायीक ऋण

"ऋण लिई गर्न सके दिगो व्यवसाय र व्यापार, स्थिर भई चलाउन सकिनेछ घर परिवार"

उद्देश्य

घरेलु तथा साना उद्योग PAN र VAT मा दर्ता भएका कारोवारका व्यापारिक फर्म थोक विक्रेता र व्यापारीहरु लगायत नियमित रुमा विक्री गरी आम्दानी वृद्धि गर्न सकिने कामका लागि

विशेषताहरू

  • ऋणको सिमा: ५०,००,००० सम्म
  • ऋणको अवधि: अधिकतम १० वर्ष
  • बचतमा पाउने व्याजमा ३% ले नबढ्ने गरी व्याज
  • किस्ता: १ महिने र ३ महिने
Educational Loan

शैक्षिक ऋण

"हामी बनाउँछौ तपाईको भविष्य उज्ज्वल र सार्थक"

उद्देश्य

देशका लागि जनशक्ति उत्पादन गर्न सदस्यहरूको सन्ततिलाई स्वदेश तथा विदेशमा प्राविधिक उच्च शिक्षाका लागि ऋण सहयोग गर्नु ।

विशेषताहरू

  • ऋणको सिमा: ३०,००,००० सम्म
  • ऋणको अवधि: अधिकतम ८ वर्ष
  • किस्ता: १/३ महिने
Emergency and Treatment Loan

आपतकालिन तथा उपचार ऋण

"तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता"

उद्देश्य

कुनै संवेदनशिल अवस्था सृजना भएमा वा कुनै अप्रत्यासित घटना घट्न गएमा त्यस्तो अवस्थामा प्रदान गर्ने आकस्मिक ऋण

विशेषताहरू

  • ऋणको सिमा: ५०,००० सम्म
  • औषधी उपचार तथा दैवी बिपत्तीको अवस्थामा प्रवाह
  • बचतको अधिकतम व्याजदरमा १% भन्दा बढि नहुने गरी व्याजदर
  • ऋणको अवधि: अधिकतम ६ महिना
  • किस्ता: ३/३ महिने
Housing Construction and Repair Loan

घर निर्माण ऋण

"सदस्यहरूको सपनाको घर प्रगतिले पार्छ साकार"

उद्देश्य

सदस्यहरूको घर निर्माण मर्मत तथा खरिदका लागि सरल र सहज रूपमा ऋण रकम प्रवाह गरी सदस्यलाई व्यवस्थित आवासको निर्माण व्यवस्था ।

विशेषताहरू

  • ऋणको सिमा: २५,००,००० सम्म
  • ऋणको अवधि: अधिकतम ८ वर्षे
  • किस्ता: १/३ महिने